उपराष्ट्रपति निक्सनको जुठो स्यान्डविच अझै जस्ताको त्यस्तै



न्युयोर्क सिटी, (एजेन्सी)

अमेरिकाको इल्लिनोइस निवासी एकजना मानिसले तत्कालिन अमेरिकी उपराष्ट्रपति रिचर्ड निक्सनले आधा खाएर छाडेको स्यान्डविच संरक्षण गरेको साठीऔंं वर्षगाँठ मनाएका छन् ।

सन् १९६० को २२ सेप्टेम्वरमा सुल्लिभान स्थित एउटा भाषण दिने कार्यक्रममा उपस्थित भएका निक्सनले खाएको सो जुठो स्यान्डविच उनले आज सम्म पनि संरक्षण गरेर राखेका हुन् ।

सो पोलेको राँगाको मासु राखिएको ऐतिहासिक स्यान्डविच साथ राखिएकै कारण स्टिभ जेन्नेलाई थुप्रै टेलिभिजन कार्यक्रममा आमन्त्रण गरिइ सकेको छ ।

हालै मात्र उनी चर्चित जोह्नी कार्सनसंग ‘ दि टुनाइट सो ’ मा उपस्थित भएका थिए । यसै वर्ष प्रकासित भएको सोहि स्यान्डविचबारेको एक पुस्तकका उनी सह–लेखक समेत रहेका छन् । कार्सनले कागजको रिकापीमा राखिएको स्यान्डविचको टुक्रालाई हेरेर ठट्टा गर्दै त्यसलाई कुनै संंग्रहालयलाई सहयोग स्वरुप प्रदान गर्न जेन्नेलाई भनेका थिए ।

जेन्ने पुराना कुरा सम्झँदै हेराल्ड एण्ड रिभ्युलाई बताउँछन् , ‘ त्यतिबेला मेरो उमेर चौंध वर्ष थियो । निक्सनको भ्रमणकै कारण बिद्यालयले हामीलाई अलि चाँडै छोडेको थियो । मेरो ब्वाय स्काउट टोलिलाई सो भाषण कार्यक्रममा मद्धत गर्न खटाइएको थियो । कार्यक्रम एउटा पार्कमा आयोजना भइरहेको थियो । ड्युटी अनुसार म निक्सनको ठ्याक्कै पछाडि उभिएको थिए ।

भाषण शुरु हुनुअघि निक्सनलाई लन्चमा स्यान्डविच सर्भ गरिएको थियो । उनले ‘ आका ! क्या मिठो ! भन्दै स्यान्डविच आधा चपाएका थिए । कार्यक्रम सकिएपछि उनी संगसंगै सबै निस्किए । तर त्यहिं बसिरहँदा मेरो आँखा स्यान्डविचमा पर्यो । कसैले त्यसलाई नटिपेपछि मैले लिने विचार गरें । त्यसलइ घरमा लगें । आमाले सुरक्षित राख भनेपछि मैले एउटा जारमा राखेर त्यसलाई फ्रिजरमा राखें । ’

प्रतिक्रिया दिनुहोस्