अदालती आदेशपछि टिकटक माथिको बन्देज हटाइयो



वासिंगटन,(एजेन्सी)

टिकटक एपको भावी प्रतिवन्ध माथि रोक लगाउने उद्देश्यले अमेरिकाको एकजना न्यायधिशले अस्थायी रोक आदेश जारी गरेको छ । सो एप एप्पलको एप स्टोर र एन्ड्रोइडको गूगल प्ले बजारबाट रोकिएके अवस्थामा थियो ।

अब यस आदेशलाइृ अनुसरण गरेर अमेरिका स्थित प्रयोगकर्ताह्रुले सजिलैसंग यो एप प्रयोग गन सक्ने भएको छ । यदि तिनीहरुले आफ्ना फोनबाट यस एपलाई डिलेट गरेको अवस्थामा पनि तिनीहरुले त्यसलाई रि– डाउनलोड गर्न नसक्ने तथा तिनीहरुलाई सफ्टवेयर अपडेटको मौका पनि नदिइएको स्थिती रहेको थियो ।

डिष्ट्रिक्ट अफ कोलम्बियाको अमेरिकी जिल्ला अदालतका न्यायधिश कार्ल निकोलसले टिकटककै अनुरोधमा आइतवार साँझ सो विशेष अस्थायी रोक आदेश जारी गरेका हुन् । टिकटकले आफ्नो कानुनी आवाजको पक्षमा भएको यस अदालती निर्णय प्रति खुशी व्यक्त गर्दै आफ्ना अधिकारको प्रतिरक्षाका लागि सदैव कटिवद्ध रहने जनाएका छन् ।

साथै टिकटकले जवर्जस्ती आइओएस र एन्ड्रोइड एप स्टोर्स बन्द गराइँदा अमेरिकी संविधानको पहिलो र पाँचौं संशोधनको उल्लंघन भएको पनि जनाएको छ ।

साथै टिकटकले केहि प्रयोगकर्तालाई अवैध ढंगले एप प्रयाेगबाट रोक्न खेज्नु भनेकै तिनीहरुलाइृ तिनीहरुको अभिव्यक्ति स्वतन्त्रताबाट बन्चित गर्नु सावित हुने पनि जनाएको छ ।

एक साता अघि पनि चिनिया स्वामित्वमा रहेको विच्याट माथि लगाइएको प्रतिवनध पनि यसरी न अदालती प्रक्रियाबाट खोलिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले टिकटके प्योगकताका गोप्य र संवेदनशिल सुचना चीनको क्यमुनिस्ट सरकारलाइृ उपलब्ध गराउने आरोप लगाउँदै यसको कारण राष्ट्रिय सुरक्षामा नै आँच आउने चिन्ता व्यक्त गर्ने गरेको छ । तर टिकटकले यस आरोपको खण्डन गर्दै आएको छ ।

टिकटकले अमेरिकामा मात्र आफ्ना १० करोड भन्दा बढि प्रयोगकर्ता रहेको तथा विश्वभरि करिव ७० करोड प्रयोगकर्ता रहेको जनाएको छ ।

आगामी नोभेमवरमा अर्को कार्यकालका लागि राष्ट्रपतिय चुनावमा प्रतिस्पर्धा गर्न लागेका ट्रमपले हालै संयुक्त राष्ट्र संघको वार्षिक साधारण सभाका लागि टेप गरेर पठाएको भाषणमा पनि चीनलाई विश्वभरि कोरोना भाइरस फैलाएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्