छुद्धुन्द्राेलाई स्वर्ण पदक



नोमपेन्ह,(एजेन्सी)

सही समयमा वारुदी सुरुङ पहिचान गरेर मानिसहरुको ज्यान जोगाउने अत्यन्तै सराहनिय काम गरे वापत एउटा छुद्धुन्द्राेलाई स्वर्ण पदक प्रदान गरिएको छ । मागावा नामक ति ठूलो आकारको अफ्रिकी छुद्धुन्द्राेले क्याम्वोडियामा ३९ वटा वारुदी सुरुङ र अन्य २६ वटा विस्फोटक पदार्थ फेला पारेको थियो ।

मागावाले कूल १ लाख ४१ ह्जार वर्ग मिटर भन्दा बढि जमिन सुरक्षित निश्चित गर्नमा योगदान पु¥याए वापत पिडिएसए गोल्ड मेडल जित्न सफल भएको हो । यो सम्मान जर्ज क्रस पदक वरावर हो । जर्ज क्रस विरता प्रदर्शन गरे वापत वेलायती जनता र सेनालाई प्रदान गरिन्छ ।

पिडिएसए पदक तथा सम्पदा व्यवस्थापक एमि डिकिनले त्यसलाई तरवुजा रकेरा निकै मनपर्ने तथा त्यो चाँडै पुन ड्युटीमा फर्कने स्काइ न्युजलाई बताएकी छन् ।

मागावालाई वारुदी सुरुङ पत्ता लगाउन एपोपोले शैन्य तालिम दिएको हो । क्याम्वोडियामा सन् १९७५ देखि १९९८ बिच करिव ४० देखि ६० लाख वारुदी सुरुङ छ्यिाइएका थिए । यसैका कारण ६४ हजार भन्दा बढि व्यक्तको अकालमा ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्