१९ बर्षे अर्बपतिको सहयोगमा बिद्यालयमा छ कोठे भवन निर्माण



न्युज अफ नेपाल, पर्वत

आफुँले पढ्न नपाएपनि सानै उमेरमा आर्थिक उर्पाजन गर्न सफल १९ बर्षे अर्बपति इमान गाड्र्जीको सहयोगमा पर्वतको दुरदराजको साुमदायिक बिद्यालयमा छ कोठे भवन निर्माण भएको छ ।

अर्वपति गाड्जीको नेतृत्वमा रहेको ग्रो योर एजेन्सी मार्फत पाहार ट्रष्ट नेपाल र कुस्मा नगरपालिकाको सहयोगमा कुस्मा नगरपालिका १४ आर्थर स्थित पञ्चकोशी माबिमा झण्डै एक करोडको लागतमा भवन निर्माण भएको हो ।

बेलायत स्थित ग्रो योर एजेन्सी मार्फत आएको आर्थिक सहयोगमा द पहार ट्रष्ट संस्थाको ८९ लाख र कुस्मा नगरपालिकाको र समुदायको श्रमदान सहित १६ लाख गरि १ करोड ६ लाख रुपैयाको लागतमा भवन निर्माण भएको छ ।

निर्माण सम्पन्न छ कोठे आइतबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच पहार ट्रष्टका संरक्षक तथा पुर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ्गले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभयो ।

पुरानो संरचना अनुसार बनेको भवन र भूकम्पका कारण भत्किने अवस्थामा रहेको हुनाले दाता खोजेर नयाँ भवन बनाउन थालिएको थियो । कोरोनाको कहरका बिचमा पनि बिद्यालयले समयमा नै भवन सम्पन्न गर्न सकेको र शैक्षिक प्रयोगका लागि बिद्यालयलाई हस्तान्तरण गरिएको पहार ट्रष्ट नेपालका संरक्षक तथा पुर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ्गले बताउनुभयो ।

पहार ट्रष्टको पहलमा ग्रो योर एजेन्सीले भवन निर्माणका लागि सहयोग गरेको बताउँदै भवन निर्माण संगै बिद्यालयको शैक्षिक सुधारका लागि पनि पहार ट्रष्टले सहयोग पु¥याउने बताउनुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा कुस्मा नगरपालिका वडा नं १४ का अध्यक्ष भीमप्रसाद गुृरुङ्गले बिद्यालयमा भवन निर्माण गर्नका लागि वडाले सबैभन्दा ठुलो रकम बिनियोजन गरेको बताउनुभयो । बिद्यालयका लागि भवन बनाउन संस्था र बिद्यालयको बिच पुलको काम गर्नुभएका कादुरी संस्था÷द ब्रिटीस गोर्खाजका प्राबिधीक प्रमुख नारायण गुरुङ्गले १४ बर्ष अघि देखिको निरन्तर प्रयास सफल भएकोमा सबैलाई बधाई दिनुभयो ।

पञ्चकोशी माबिमा शैक्षिक सुधारका लागि बिद्यार्थीलाई वातावरण अनुकुल कक्षा कोठामा अध्यापन गराउने उद्देश्यले यस अघि तत्कालिन शिक्षा कार्यालय पर्वतको सहयोगमा ४ कोठे भवन निर्माण भैसकेको छ भने पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)को सहयोगमा ४ कोठे भवन र शौचालय तथा खानेपानी निर्माणको काम भैरहेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले बताउनुभयो ।

भवन निर्माण संगै सामुदायिक बिद्यालय भएपनि पञ्चकोशी माबिले ५ कक्षा सम्म मन्टेश्वरी माध्यममा अध्यापन गराउँदै आएको छ भने बिद्यालयमा शैक्षिक सुधारका काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्