लिदीबासीको पहिलो रोजाई चौतारा



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

पहिरोले बस्तिनै उच्च जोखिममा परेपछि लिदीगाउँका स्थानीयलाई तत्कालका लागी सेलाङको बाँसखर्कमा अस्थायी स्थानान्तरण गरिएपनि ९० प्रतिशत लिदीबासी बाँसखर्कमा बस्न चाहँदैनन् ।

जुगल गाउँपालिकाले गरेको एक सर्भेक्षणका अनुसार बहुसंख्यक लिदीबासी जिल्ला सदरमुकाम चौतारामा स्थायी स्थानान्तरण हुन चाहेका छन् । लिदीगाउँका विस्थापित घर परिवारमध्ये ५४ प्रतिशतले चौतारामा स्थानान्तरण हुन चाहेको सर्भेक्षणले देखाएको छ ।

उनीहरुको दोस्रो रोजाई चितवन देखिएको छ । विस्थापितमध्ये १५ प्रतिशतले चितवनमा स्थानान्तरण हुन चाहेको जुगल गाउँपालिकाले जानकारी दियो । १० प्रतिशतले बराम्चीको चनौटे रोजेका छन् भने बाँसखर्कमै बस्न चाहने १० प्रतिशत मात्र देखिन्छन् । काठमाडौं जान चाहने भने ३ प्रतिशत मात्रै देखिए । ‘बहुसंख्यक लिदीबासी चौतारामा स्थानान्तरण हुन चाहेका छन्, लिदीगाउँमै बस्न चाहने त ८ प्रतिशत मात्रै छन्’, जुगल गाउँपालिकास्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्