कार्यसम्पादनमा उत्कृष्ट सांखु प्रभाग प्रमुख पुरस्कृत



न्युज अफ नेपाल,  काठमाडौ ।

शंखरापुर नगरपालिकाले एक समारोहको आयोजना गरि आफ्नो जिम्मेवारी क्षेत्रमा आफुले निर्भाह गर्नु पर्ने भुमिका इमान्दारिताका साथ निर्बाह गर्दै शान्ति , सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै प्रहरी निरीक्षक गोबिन्द पन्थीलाई पुरस्कृत गरेको छ ।

कोभिड १९ को बिस्वब्यापी महामारी नियन्त्रणमा यस नगरपालिका सङ्ग सहकार्य र समन्वय कायम राख्दै उत्कृष्ट कार्य सम्पादन गर्नुभएको भन्द प्रहरी निरीक्षक पन्थीलाई २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

सो नगरपालिका का प्रमुख सुबर्ण श्रेष्ठले प्रभाग प्रमुख प्रहरी निरीक्षक पन्थी लाई प्रदान गर्नुभयो ।यस भन्दा अगाडि पनि उहांलाई प्रहरी बृत्त बौद्ध , परिसर काठमाडौ र महानगरिय प्रहरी कार्यालय रानिपोखरी ले समेत पुरस्कृत गरेको थियो।

उहां प्रभाग साखु मा आए पछि १४ महिनाको अबधी मा कुनै चोरी का घटना नघटेको र घटित घटनामा समेत उहांले तत्कालै कानुनी दायरामा ल्याउन सफल हुनु भएको थियो । स्थानीयको आखाको नानी बन्न उहां सफल हुनु भएको थियो।

जन स्तरबाट नगरपालिका बाट उपत्यका भित्र नगद सहित प्रसम्सा पत्र प्राप्त गर्ने निरीक्षक पन्थी नै एक मात्र अधिकृत भएको बताइन्छ। उहांको हालै मानव बेचबिखन ब्युरोमा सरुवा समेत भएको छ।

प्रतिक्रिया दिनुहोस्