पाल्पामा दुई पुरुषको शव भेटियो



पाल्पा ।

पाल्पाका दुइ अलगअलग स्थानमा दुइवटा शव फेला परेका छन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका वडा नं ३, सिखरडाँडा बस्ने ३३ वर्षका राजकुमार थापामगर मृत अवस्थामा फेला परेका हुन् । गत भदौँ १५ गते नजिकैको जंगलमा दाउरा लिन भनी हिडेका राजकुमार आइतबार घर नजिकै गएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार राजकुमार हराएदेखि नै पहिरोमा पुरिएको आशंकामा शसत्र प्रहरी र स्थानीय बासिन्दाले खोजविन गरेका थिए । यद्यपी उनको शब फेला पर्न सकेको थिएन ।

आइतबार स्थानीय बासिन्दाले राजकुमारको शब पुन सोही पहिरोमा पाएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

यसैगरी पश्चिम पाल्पाको तिनाउ गाउँपालिका १ झिङ्गामारामा एक पुरुष मृत भेटिएका छन् । रुपन्देही सैनामैना नगरपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा झिङ्गामारा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश पाँचको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्