१४ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ



न्युज अफ नेपाल, धादिङ।

आफ्नै छोरीको पटक पटक बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरि हिरासतमा लिएको छ ।

१४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका एक ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले बताउनुभयो ।

पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।

प्रहरीको सहयोगमा जिल्लामा संचालित सुरक्षित आवास गृहमा राखिएकी बालिको स्वास्थ्य परिक्षण गरिएको छ । घटना पटक पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदा समेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् ।

आरोपितले पटक पटक आफूलाई ५ वर्षको उमेरदेखि जबरजस्ती करणी गर्दै आएकोले छिमेकीको घरमा काम गर्ने एक जनासंग भागेर काठमाण्डौतर्फ जानलाग्दा पीडित बालिकाको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्