आर्मेनिया र अजरबैजानबीच पुन: युद्ध सुरु



आर्मेनिया (एजेन्सी) ।

आर्मेनिया र अजरबैजानबीच दशकौं पुरानो सीमा विवादलाई लिएर आइतबार पुन युद्ध भड्किएको छ ।

आर्मेनिया र अजरबैजान विवादित नागोर्नो काराबाखलाई लिएर यी दुई पुर्व सोभियत गणराज्य फेरी एक पटक युद्धको मैदानमा उत्रेका छन । दाहोरो आक्रमणका क्रममा हेलिकप्टर र ट्याँकमाथि प्रहार भएको समाचार आइरहेको छ ।

दुबैतर्फ सैनिक तथा नागरिक हताहत भएका छन् । अहिलेसम्म २३ को मृत्यु भइसकेको छ । आइतबार नियन्त्रण रेखामा भएको द्वन्द्वमा भारी मात्रामा हातहतियारको प्रयोग भएको र यो बर्षौंपछिको सबैभन्दा ठुलो झडप भएको बताइएको छ ।

यसबीच आइतबार टर्कीका राष्ट्रपति रिसेप तैयप अदोगानले अजरबैजानको समर्थन गर्ने घोषणा गरेको छ । यसबीच रुसले आर्मेनिया र अजरबैजानले तत्काल संघर्षविराम गर्न, दुबै पक्षलाई संयम अपनाउन तथा वार्ताबाट समस्याको हल खोज्न आह्वान गरेको छ ।

त्यसैगरी अमेरिकाले दुबै देशलाई तत्काल लडाई बन्द गर्न र विवादित बयान तथा कारवाहीबाट बच्न आग्रह गरेको छ । फ्रान्सले पनि दुबैलाई संघर्षविराम तथा वार्ता गर्न आग्रह गरेको छ । फ्रान्समा ठुलो संख्यामा आर्मिनियाली समुदाय रहेको छ ।

अजरबैजान र आर्मेनिया दुबैसँग सीमा जोडिएको इरानले दुई देशबीच शान्ती स्थापित गर्न मध्यस्थको भुमिका निर्वाह गर्ने प्रस्ताव गरेको छ ।

यसबीच अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले आइतबार उक्त इलाकामा पुन आफनो नियन्त्रण स्थापित गर्न सफल हुनेमा आफुलाई पुर्ण विश्वास भएको बताए ।

हाल उक्त क्षेत्रमा भइरहेको द्वन्द्व सैन्य कारवाही मात्र नभइ सुचना युद्ध पनि भएको र स्वतन्त्र रुपमा कसैको पनि दावी पुष्टी गर्न कठिन भएको बताइएको छ ।

अजरबैजानले आर्मेनियाली नियन्त्रणमा रहेको इलाका मुक्त गरिसकेको दावी गरेको छ भने आर्मेनियाली अधिकारीले यसलाई खारेज गरेको छ । त्यसैगरी आर्मेनियाले अजरबैजान तर्फ ब्यापक क्षति पुगेको बताएकोछ भने अजरबैजानले त्यसको खन्डन गरेको छ ।
यसबीच अजरबैजानले देशमा इन्टरनेट प्रयोगमा रोक लगाएको छ , विशेष गरी सामाजिक सन्जाललाई प्रतिबन्द गरेको छ ।

आर्मेनिया रुसको पारम्पारिक मित्र राष्ट्र रहेको र अजरबैजानलाई टर्कीको समर्थनले स्थिति झन जटिल बनेको छ । अजरबैजानका रक्षा मन्त्रीले टर्की सेनाको मद्दतबाट अजरबैजान आफ्नो पवित्र धर्म पुरा गर्ने अर्थात आफ्नो गुमेको भुभाग फिर्ता लिन सक्षम हुने बताए ।
युद्धको शूरुवाट

आर्मनियाका रक्षा मन्त्रीले आइतबार बिहानै नागोर्नो काराबाखमा त्यसको राजधानी स्टेपनेकर्ट सहित कयौं बस्तीहरुमा हमला भएको जानकारी दिए ।

उक्त हमलामा एक महिला र एक बच्चाको मृत्यु भएको अधिकारीहरुले बताए । नागार्नो काराबाखका पृथक्तावादी समुहले आफ्ना १६ सदस्य मारिएको र करिब सयको हाराहारीमा घाइते भएको बताएको छ । आर्मेनियाले शत्रु पक्षको दुई हेलिकप्टर र तीन ड्रोन खसालेको र तीन ट्याक् पनि नस्ट गरेको दावी गरेको छ ।

यसबीच आर्मेनिया सरकाले नागोर्नो काराबाखमा सैन्य शासन लागु गर्ने घोषणा गरेपछि पुरै देशमा मार्सल लको घोषणा गरेको छ र सैनिक तैनाथ गरिएको छ ।

आर्मेनियाका प्रधानमन्त्री निकाले पासिनियनले अजरबैजानमाथि सुनियोजित हमलाको आरोप लगाउँदै नागरिकलाई आह्वन गरे, आफ्नो पवित्र मातृभुमीको रक्षाका लागि तयार हुनु ।

उनले चेतावनी दिँदै उक्त क्षेत्र एक ठुलो युद्धको संघारमा रहेको र टर्कीमाथि आक्रामक ब्यवहारको आरोप लगाउँदै अन्तराष्ट्रिय समुदायसँग भविष्यमा कुनै प्रकारको अस्थिरता रोक्न एकजुट हुन आह्वान गरे ।

यसबीच अजरबैजानका राष्ट्रपति अलियेवले देशको नाममा संबोधन गर्दै आफुले आर्मेनियाली सेनाको हमलाको जवाफमा भयानक ठुलो जवाफी कारवाहीको आदेश दिएको जानकारी दिए ।

जवाफी कारवाहीमा आर्मेनियाली कब्जामा रहेको अजरबैजानका इलाकाहरु अब मुक्त भएको टेलिभिजन प्रसारित उक्त सम्बोधनमा उनले बताए । आर्मेनियाली सेनाले सुरुमा उक्त दावीलाई अस्विकार गरेको तर पछि नागोर्नो काराबाखका राष्ट्रपति अराइक हरतुन्यानले केही इलाका अजरबैजानको हातमा गइसकेको पुष्टी गरेका थिए ।

नागोर्नो काराबाख विवाद नागोर्नो काराबाख ४ हजार ४ सय वर्ग किलोमिटरमा फैलिएको इलाका हो जहाँ आमेनियाली इसाई र मुस्लिम तुर्केली रहेका छन् । सोभियत संघको अस्तित्वका समयमा नै यो अजरबैजान भित्र एक स्वायत्त क्षेत्र बनीसकेको थियो । यद्यपी अन्तराष्ट्रिय स्तरमा यो अजरबैजान कै हिस्साका रुपमा लिइन्छ तर त्यहाँको बहुसंख्यक आवादी आर्मेनियाली छन् ।

सन् १९८० को दशकको अन्ततिर सुरु भएर १९९० को दशकसम्म चलेको युद्धमा ३० हजार भन्दा धेरैको मृत्यु भएको थियो भने १० लाख भन्दा धेरै विस्थापित भए । यस युद्धमा पृथक्तावादीले नागोर्नो कारबाखका केही बढी भुभागमाथि कब्जा गरेका थिए । यद्यपी सन् १९९४ मा युद्धविरामपछि पनि यस क्षेत्रमा गतिरोध भने जारी छ ।

प्रतिक्रिया दिनुहोस्