समाजले गर्‍यो पहिरोपीडितलाई सहयोग



संखुवासभा, (नेस) ।

संखुवासभा समाज हङकङले सिलिचोङका पहिरोपीडितलाई राहत उपलब्ध गराएको छ । हङकङलाई कर्मथलो बनाएर बस्दै आएका संखुवासभालीहरूले पहिरोपीडित परिवारहरूलाई ५ लाख ५ हजार ५ सय ५५ रुपियाँ नगद सहयोग गरेका हुन् ।

रकम संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष टीकाराम गुरुङले सिलिचोङ गाउँपालिका अध्यक्ष तथा पहिरोपीडित राहत संकलन तथा वितरण समितिका संयोजक रामबहादुर कुलुङलाई एक कायक्रमका बीच हस्तान्तरण गर्नुभएको थियो । राहत सहयोग रकम बुझ्दै गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले गाउँपालिका अहिले पहिरोपीडितका लागि गाँस–बासका लागि केन्द्रित भएको बताउनुभयो ।

१ सय ३८ घर विस्थापितमध्ये १ सय ६ घरलाई अस्थायी टहरा निर्माण गरेर राखिएको उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्