बाल गायिकाको दशैंगीत



कोरोना आतंकका बीच दशैं नजिकिएको छनक देखिन थालेको छ। यो छनक गीत–संगीत क्षेत्रमा पनि देखिएको छ। दशैंको छेको पारेर दशैं केन्द्रित गीत आउने क्रम बाक्लिएको छ। यसै क्रममा बाल गायिका रविना बसेलको स्वरमा मेरो बाबा बोलको दशैंगीत सार्वजनिक भएको छ।

गीतकार अम्बिका गुरुङको शब्द रहेको गीत राजन कार्कीले एरेन्ज तथा संगीत गरेका छन्। मीठो दशैं धुनसहित संवेदनशील भाकामा निर्माण गरिएको गीतमाथि आकर्षक म्युजिक भिडियो पनि तयार गरिएको छ। गीतमा टिकटक स्टार बन्न सफल बाल कलाकार अकेशा पोखरेलले प्रमुख अभिनय गरेकी छिन्।

त्यसै गरी उनका कलाकार बाबु रोविन पोखरेलका साथमा ऋचा थापाले भिडियोमा अभिनय गरेका छन्। भिडियोको निर्देशन मञ्जु बञ्जाडेले गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्