मायामा हामी सार्वजनिक



गीत लेखनको विभिन्न विधामा कीर्तिमान बनाएका गीतकार डा. डीआर उपाध्यायले नयाँ गीत मायामा हामी सार्वजनिक गरेका छन्। डा. उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो। सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ।

गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने बबिन ढुंगाना र रीता केसीले गाएका छन्। यो फरक शैलीको गीतले केही समयअघि विश्व रेकर्ड राख्न सफल भएको थियो। यो गीत उपाध्यायको केही समयअघि सार्वजनिक एल्वम चाहनाको महलमा संग्रहित छ। फरक शैलीका गीतमार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्