महिला विकेटकिपरले तोडिन् धोनीको कीर्तिमान



मेलबर्न, (एजेन्सी)
अस्टे«लिया महिला क्रिकेट टोलीकी विकेटकिपर एलिसा हिलीले टी–२० क्रिकेटमा महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेकी छन्।
हिलीले १ सय १४ टी–२० खेलमा विकेट किपिङ गर्दै ९२ खेलाडीलाई आउट गरेकी हुन्। उनले ४२ क्याच गर्दा ५० जना खेलाडीलाई स्टम्पिङमा शिकार बनाइन्। योसँगै उनी पुरुष र महिला क्रिकेट दुवै विधामा सबैभन्दा बढी खेलाडी आउट गर्ने विकेटकिपर बनेकी छन्।
हिलीले न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० खेलमा विपक्षी ब्याट्सवोमेन एलन बोर्डरलाई स्टम्प गरेपछि सो उपलब्धि हासिल गरेकी हुन्। भारतीय पूर्वकप्तान तथा विकेटकिपर धोनी अब दोस्रो नम्बरमा झरेका छन्। धोनीले ९८ खेलमा ९१ खेलाडीलाई आउट गरेका छन्। तेस्रो नम्बरमा इंग्ल्यान्डका विकेटकिपर सारा टेलर रहेकी छन्। टेलरले ९० खेलमा ७४ जनालाई आउट गरिन्।
९० को दशकमा धाक जमाएका इयान हिली हिलीका काका हुन्।
उनी १९८८ देखि १९९७ सम्म अस्टे«लिया टोलीमा विकेटकिपरमा जमेकी थिइन्। तर, उनको समयमा अस्टे«लियाले विश्वकप भने जित्न सकेको थिएन। अस्टे«लियाले १९८७ मा जित्दा हिलीको टोलीमा प्रवेश भएको थिएन। त्यसपछि १९९६ मा फाइनल पुग्दा श्रीलंकासँग अस्टे«लिया पराजित भएको थियो। उनको संन्यासपछि १९९९, २००३, २००४ र २०१५ मा अस्टे«लियाले विश्वकप उपाधि उचालेको थियो।

 

प्रतिक्रिया दिनुहोस्