‘भिटामिन डी’ कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी



वासिङ्टन, (एजेन्सी)

कोरोना भाइरसबाट संक्रमित रोगीको मृत्युको आँकडा प्रतिदिन बढ्दो छ। यस घातक महामारीबाट विश्वभरि हालसम्म मर्नेको संख्या १० लाख नजिक पुगेको छ। यसबीच अमेरिकामा भएको ताजा शोधले जसको शरीरमा पर्याप्त मात्रामा ‘भिटामिन डी’ छ, उसको यस महामारीबाट मृत्यु हुने सम्भावना ५२ प्रतिशतसम्म कम हुने देखाएको छ। ‘भिटामिन डी’को सबैभन्दा ठूलो स्राेत सूर्य हो, त्यसैले यो भिटामिनलाई सनसाइन भिटामिन पनि भन्ने गरिन्छ।

वैज्ञानिकका अनुसार ‘भिटामिन डी’ हाम्रो शरीरमा इम्युन सिस्टमलाई बलियो पार्नमा महŒवपूर्ण भूमिका निर्वाह गर्छ। यसले शरीर सुन्निने पनि कम हुन्छ। यो विशेषताले यसलाई कोरोना भाइरसविरुद्ध लड्न एक महŒवपूर्ण खेलाडी बनाउँछ। जुन क्षेत्रमा पर्याप्त मात्रामा ‘भिटामिन डी’ अर्थात् सूर्यको किरण पुगेको छैन, यो भाइरसले ती इलाकाका बासिन्दामा सबैभन्दा बढी प्रभावित पारेको शोधकर्ताले बताएका छन्।

‘भिटामिन डी’ हुने क्षेत्रमा कम सक्रिय
हालै मात्र विश्व स्वास्थ्य संगठनले पनि यस भाइरसको सबैभन्दा कम असर अफ्रिका महाद्वीपमा देखिएको जनाएको छ। त्यसविपरीत युरोप एसिया र अमेरिकी महाद्वीपमा सबैभन्दा धेरै प्रभावित देखियो। अफ्रिकी नागरिकको शरीरमा ‘भिटामिन डी’को मात्रा पर्याप्त उपलब्ध भएकाले कोरोना भाइरसको धेरै असर नपरेको बताइएको छ।

बोस्टन युनिभर्सिटीका डा. माइकल होलिकले आफ्नो पुरानो शोधबाट शरीरमा ‘भिटामिन डी’को मात्रा धेरै हुनेलाई कोरोना भाइरस संक्रमण हुने सम्भावना अन्यको तुलनामा ५४ प्रतिशतले कम हुने गरेको पत्ता लगाएका छन्। संक्रमित भएकामा पनि मृत्युदर ५२ प्रतिशत कम हुन सक्ने उनले बताए।

अमेरिकामा ४२ प्रतिशत आवादीमा ‘भिटामिन डी’को कमी रहेको एक रिपोर्टले देखाएको छ। त्यसैकारणले पनि अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख ८ हजार ६ सय ५२ को मृत्यु भइसकेको छ। ब्रिटिस न्युट्रिसन फाउन्डेसनका अनुसार बेलायतमा २० प्रतिशत आवादीमा ‘भिटामिन डी’को कमी छ। त्यहाँ हालसम्म ४१ हजार ९ सय ७१ को कोरोनाबाट मृत्यु भइसकेको छ।

‘भिटामिन डी’ पर्याप्तताले जटिलतालाई कम पार्न सक्ने शोधले दिएको प्रत्यक्ष प्रमाण भएको डाक्टर होलिकले दाबी गरेका छन्। यसका आधारमा साइटोकिन स्ट्रम र कोरोना भाइरसबाट मृत्युको दरमा कम गर्न सकिने उनले बताए। यसका लागि डाक्टर होलिक र उनको टोलीले तेहरानमा कोरोना संक्रमित २ सय ३५ रोगीको रगत जाँच गरेका थिए। यसमा ६७ प्रतिशत रोगीमा ‘भिटामिन डी’को कमी पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्