५७ जनाले गरे रक्तदान



काठमाडौं, (नेस)

नेपाल अर्बुद रोग निवारण संस्थान काठमाडौं शाखा एवं रोटरी क्लब अफ बागमती काठमाडौंको आयोजनामा शनिबार कालीमाटीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको ‘कोभिड–१९’का बिरामीलाई सहयोग गरौं भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ५७ जनाले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा कोरोना सुरक्षा प्रोटोकल अवलम्बन गरी रक्तदान गरिएको थियो । लायन्स क्लब अफ काठमाडौं उपकार, इनर व्हील क्लब अफ बागमती, रोट्रयाक क्लब अफ बागमती र ज्ञानतीर्थ संरक्षण समाजको सहआयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा ताहाचलले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अपीलराज बोहरा र कालीमाटीका ट्राफिक प्रहरी निरीक्षक अनिलकुमार उप्रेतीलाई आभार पत्रसहित खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं शाखाका सभापति अजय सिंह सुवालले कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्