सेतो गुराँस बालविकास सेवालाई स्थानीय तहको धन्यबाद



कालीबहादुर मल्ल, कालिकोट ।

यहाँ जिल्लाका स्थानीय तहहरुमा बालबालिकाको प्रारम्भिक बालविकासको अधिकार सुनिश्चत गर्न सहयोग पुर्‍याएको भन्दै जिल्लाका सातवटा स्थानीय तहहरुले सेतो गुराँस बालविकास सेवा कालिकोटलाई धन्यबाद दिएका छन् ।

युनिसेफ नेपाल,सेतो गुराँस राष्ट्रिय बालबिकास सेवा ललितपुरको सहयोगमा यस जिल्लाका खाँडाचक्र, तिलागुफा, रास्कोट नगरपालिका तथा शुभकालिका महावै, सान्नित्रिवेणी र पचालझरना गाउँपालिकामा संचालित “नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरकोे सबलीकरण” परियोजनाले बालबिकासको अधिकार सुनिश्चित गर्न योगदान पुगाएको भन्दै पालिका प्रमुखले धन्यबाद पत्र दिनु भएको हो ।

साथै परियोजनको समापन भएपनि स्थानीय जनप्रतिनिधिले आगामि दिनमा स्थानीय सरकारको सहयोगमा कार्याक्रमलाई निरन्तरता दिने समेत प्रतिवद्धता ब्यक्त गर्नु भएको सस्थाका जिल्ला संयोजक हुकुम शाहीले जानकारी गराउनुभएको छ ।

उहाँका अनुसार युुनिसेफ नेपालको सहयोग तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्य र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको संयोजकत्वमा सङ्घीय संरचनामा प्रारम्भिक बालविकासको अधिकारका लागि गाबिसमा समेत कार्यक्रम बिभिन्न चरणमा संचालन हुदै आएको थियो ।

२०७३ सालमा सुरुभएको परियोजना स्थानीय तहलाई अभिभाबकशिक्षा, स्थानीयतहमा एकीकृत प्रारम्भिक बालविकासका लागि योजनाको तर्जुमा कार्यशाला र एकिकृत नमुना बालबिकास केन्द्रको स्तरबृद्धि बालशिक्षहरुको क्षमता अभिबृद्दि सिकाइ सामाग्री बितरण गरेर यो परियोजनामा स्थानीय तहलाई प्रतिबद्धता सहित हस्तान्त्रण गरेर यसै वर्ष सम्पन्न भएको छ ।

प्रारम्भिक बाल विकासको लागि गर्भअबस्था देखी ८ बर्ष सम्मका बालबालिकाका लागि सबाङ्घगीण बिकास गर्न मुख्य उद्देश्यका साथ कार्यक्रम कालिकोट जिल्लाका १ सय ३४ वटा बालबिकास केन्द्रमा बालशिक्षकहरुलाई अधारभुत तालिम दिदै आएको थियो ।

प्रत्येक केन्द्रमा २ घण्टा सम्म अभिभाबकहरुलाई आफ्नो बालबालिकाका लागि ज्ञान सिप र ब्यबहारमा परिर्वतन ल्याउनको लागि पहिलो पाठाशाला घर नै भएकोले बाबु आमा दाजु दादी बहीनी तथा स्याहार कर्ताले नै ज्ञान, सीप र व्यवहारमा सुधार ल्याउने यस कार्याक्रमको उद्देश्य रहेको थियो । अभिभाबक शिक्षामा यस बर्षमा ५१ सय ८७ अभिभाबक हरुको बालबालिकालाई घरमानै स्थानीय शैक्षिक सामाग्री बनाउने , सरसफाइमा ध्यान दिन बालबिकास केन्द्रमा नियमीत पुगाउने, दैनिक पौष्टिक आहारको ब्यबस्था पर्ने, नियामित स्वास्थ्य चेक जाच गर्ने गरेका छन् । यसमा जम्मा ५२ सय ३४ बालबालिका लाभान्वीत भएका थिए ।

यसका साथै स्थानिय तहको प्रारम्भिक बालबिकासमा लगानि बढाउनको लागी प्रत्येक बर्ष स्थानीय तहको एकीकृत योजना तर्जुमाबाट बहुपक्षीय प्रारम्भिक बाल विकास योजना कार्यशाला गोष्ठि समेत गरिएको थियो ।

यस्तै टोलटोलमा बालबिकास केन्द्रको अवधारणसहित थप ९६ बालबिकास केन्द्र स्थापना भएका छन् । स्वास्थ चौकिमा बालसिकाई क्षेत्रको ब्यबस्था गर्नुका साथै एकिकृत नमुना बालबिकास केन्द्र स्थापना गरेका छन् ।

साथै पछिल्लो चरणमा बिश्वा महामारीका रुपमा फैलिएको कोभिड १९ मा अभिभाबक शिक्षालाई थप प्रभाबकारी बनाउनको लागी रेडियो सिक्दै सिकाउदै कार्यक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्