अब कोरोना परिक्षणका लागि संकलन गरिने स्वाबको रिपोर्ट स्वयम व्यक्तिले पाउने



न्युज अफ नेपाल, काठमाडौ ।

नेपालमा कोरोना परिक्षणको रिपोर्ट प्राप्त गर्न केन्द्रीय सरकारको मुख ताक्नुपर्ने अवस्थालाई कोरोना संक्रमण नेपालमा देखा परेको झण्डै ९ महिनाको अवधिमा बल्ल सरकारको आँखा खुलेर नमूना दिने स्वयम व्यक्तिलाई रिपोर्ट दिने निर्णय गरेको छ ।

कतिपय व्यक्तिले नमूना संकलन गरेको महिना दिन सम्म पनि रिपोर्ट नपाएर नैराश्यता पलाउनुका साथै क्वारेन्टाईनबाट भाग्ने सम्मका अवस्था सृजना नभएका होइनन् । कोरोनाको आरटीपीसीआर परीक्षण गरिएपछि त्यसको रिपोर्टको अवस्था थाहा पाउँन लामो समय लाग्थ्यो ।

त्यो पनि नेगेटिभ आए थाहै नपाउने र पोजेटिभ आए केन्द्र सरकारको दैनिक मिडिया ब्रिफिङ र ल्याबबाट फोन गरेपछि मात्र थाहाँ हुन्थ्यो । पछिल्लो समय प्रदेश सरकार तथा अस्पतालबाट पनि सार्वजनिक हुन्दै अहिले स्वयम व्यक्तिले नमूना दिएकै ठाउँबाट पाउने व्यवस्था मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आईतबारको मिडिया ब्रिफिङमा जानकारी गराउनुभयो ।

विगतको झन्झटिलो प्रथाको अन्त्य गर्दै नेगेटिभ वा पोजेटिभ जुनसुकै रिपोर्ट आए पनि स्वाब संकलन गरेका र ल्याबमा परीक्षण गराएका संस्थाले सिधै सम्बन्धित व्यक्तिलाई नै रिपोर्ट दिनुपर्ने स्वास्थ्य मन्त्रालयबाट निर्णय गरिएको डा.गौतमले जानकारी गराउनुभयो ।

सरकारको यो निर्णयसँगै रिपोर्टका लागि अन्योलमा हुने परीक्षणवाला र संक्रमित भएकाहरुलाई केही समयमै जानकारी हुने र आवश्यकता अनुसारको सुरक्षा अपनाउँदा थप व्यक्ति संक्रमित हुने र एकबाट अर्कोमा कोरोना संक्रमण फैलने सम्भावना न्यून हुनुका साथै संक्रमितले समयमै सावधानी अपनाई आफ्नो व्यवस्थापन गर्न सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्