ललितपुर महानगरलाई होमनेटद्वारा ३३० सेट सुरक्षा उपकरण प्रदान



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरका स्वास्थ्यकर्मीहरुका लागि होम नेट नेपालले व्यक्तिगत सुरक्षा उपकरण (एएभ्) सेट उपलब्ध गराएको छ । अग्रभागमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि होमनेटले उक्त पिपिई सेट उपलब्ध गराएको हो ।

होमनेटले आज आइतवार महानगरपालिकालाई ३३० थान पिपिइ सेट उपलब्ध गराएको हो। होमनेटका कार्यकारी निर्देशक ओम थपलियाले उक्त पिपिई सेट ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललाई हस्तान्तरण गरेका हुन् ।

पिपिई सेट बुझ्दै महानगर उपप्रमुख गीता सत्यालले महानगरका स्वास्थकर्मीहरु, अग्रभागमा खटिने कर्मचारीहरुको सुरक्षा र आवश्यकतालाई महसुस गरेर होमनेटले अग्रभागमा खटिइने स्वास्थकर्मीहरुका लागि पिपिई सेट उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन् ।

उपप्रमुख सत्यालले भनिन्को- ‘रोना भाइरसले सबै मानिसलाई मानसिक रुपमा पनि त्रसित र ग्रसित बनाएको छ। स्वास्थकर्मीहरुका लागि अत्यन्तै चुनौतीपूर्ण समय छ। तसर्थ सुरक्षाका उपायहरु अवलम्बन गरेर सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुपर्ने अवस्थामा होमनेटले स्वास्थ सुरक्षाका सामाग्री प्रदान गरेर महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।’

पिपिइ सेट हस्तान्तरण गर्दै होमनेटका कार्यकारी निर्देशक ओम थपलियाले आगामी दिनहरुमा पनि ललितपुर महानगरपालिकासंगको सहकार्यमा कोरोना भाइरस ९कोविड १९० संक्रमणबाट जोगिन र जोगाउनका लागि हुने आपतकालीन प्रतिकार्य र राहातका कामहरु गर्ने वताए । थपलियाले भने – ‘कोरोना भाइरसको जोखिमबाट सुरक्षित रहनका लागि स्थानीय सरकारको रुपमा रहेको ललितपुर महानगरपालिकाले गर्ने हरेक कार्यहरुमा होमनेटले सहयोग र सहकार्य गर्नेछ।’

होमनेट नेपालले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री बुझ्ने कार्यक्रममा ललितपुर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, जिन्सी शाखा प्रमुख सागर थापा, जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनलगायतका कर्मचारीहरुको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्