सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजीहोल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ११ असोजदेखि सुरु हुने गरी यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बाराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युन्तम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निस्शुल्क पाउने छन् । यसका साथै कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिइ विक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्