सिन्धुलीमा आज थप ९ जना कोरोना संक्रमित थपिए



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा आईतवार थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाईनमा बसेका २८ जनाको पिसिआर परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौडा पठाईएकोमा ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमलामाई नगरपालिका– ६ का दुई महिला, ४ पुरुष गरी ८ जना र सुनकोशी गापालिकाका –६ का १ जना पुरुषमा गरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितहरु २० देखि ६० वर्ष उमेरका रहेका छन् । कमलामाई नगरपालिका– ६ काएकै परिवारका ६ जनामा कोरोना संत्रमण भएको उहाँको भनाई छ ।

‘संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका र क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको स्वाव संकलन गरि पठाईएकोमा परिक्षण हुदा ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित मध्ये तीन जना जिल्ला बाहिरबाट आई क्वारेन्टाईनमा बसेका व्यक्तिहरु रहेका छन्’ उहाँले भन्नुभयो । लकडाउन खुलेपछि पछिलो पटक जिल्लामा यति धेरै संक्रमित भेटिएको हुन् । योसँगै सिन्धुलीमा कोरोना संक्रमितको संख्या ७८ जना पुगेको छ ।

हाल कोरोना भाईरसको संक्रिय संक्रमित १७ जना छन् । उनीहरुको आईसोलेसनमा उपचार भईरहेको छ । ६२ जना कोरोना भाईरस संक्रमण निको भई डिस्चार्ज भएर घर फर्किएका उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्