प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण



जनकपुरधाम ।

प्रदेश नं २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई आज हस्तान्तरण गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदनमा गत आवको उपलब्धि एवं नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । प्रतिवेदनमा विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालीन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्यका मार्गचित्र, जनसाङ्ख्यिक स्थिति विवरण, प्रदेश पाश्र्वचित्र, प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन एवं प्रदेश योजना तथा कार्यक्रम दिग्दर्शन राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्