काँग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं ।

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा सांसद रहेका उमेश श्रेष्ठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शनिवार गरिएको परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन्।

रिपोर्ट पोजेटिभ आएसँगै आफू होम आइसोलेनसमा बसेको श्रेष्ठले बताएका छन्। उनले लेखेका छन्, ‘शनिवार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ। अहिले म होम आइसोलेसनमा बसेको छु।’

प्रतिक्रिया दिनुहोस्