फिल्म नभएपछि भिडियोतिर



हेमकुमार क्षत्रीको स्वरमा म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक भएको छ। शब्दसमेत गायक क्षत्रीकै रहेको गीतमा संगीत दीपक शर्माले भरेका छन्।

यति माया गर्दा पनि बोलको यो गीतको म्युजिक भिडियोमा सलोन बस्नेत, करिश्मा केसी र सिर्जना केसीलाई फिचरिङ गरिएको छ। दुःखसँग बोलको गीत सफल भएसँगै नयाँ गीत लिएर बजारमा आएका गायक क्षत्री यस गीतलाई समेत दर्शकले रुचाइदिने आशा व्यक्त गरेका छन्।

पछिल्लो समय कोरना भाइरस संक्रमणबाट हुने कोभिड–१९ महामारीका कारण फिल्म निर्माण हुन सकेका छैनन्। यसैले फिल्मका कलाकारहरू कमाइका लागि धमाधम म्युजिक भिडियोमा देखिइरहका छन्।

म्युजिक भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका छन्। हेम्स इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन र अर्जुन पोखरेलको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्