राजु र कमलाको मस्यौरी



लोक गायक राजु परियार र बाल गायिका कमला घिमिरेले गाएको लोकदोहोरी गीत मासको मस्यौरी म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

रमेश बिजीको शब्द तथा प्रदीप अधिकारीको लय र संगीत रहेको गीत सार्वजनिक गरिएको हो। यसमाथि कोरियोग्राफर दीपेन्द्र तिमल्सिनाले म्युजिक भिडियो तयार पारेका छन्। उनको निर्देशनमा निर्माण गरिएको भिडियोमा गाउँको कथावस्तु देखाउन खोजिएको छ। तिमल्सिनाले गीतको शब्दअनुसार यसको म्युजिक भिडियो तयार पारेका छन्।

लोकदोहोरी गीत मस्यौरीमा अहिलेका चर्चित मोडलदेखि लिएर केही सम्भावना बोकेका एक दर्जन मोडलले अभिनय र नृत्य गरेका छन्। म्युजिक भिडियोमा विमल अधिकारी, जुना सुन्दास, लक्ष्मी तिमल्सिना, हेरुका लामा, रमेश थापा, नीर आले, सुमन परियार, मनिषा परियार, रविना भण्डारी, पूजा सिलवाल र आकांक्षा तामाङले अभिनय र मोडलिङ गरेका छन्। मनोज कार्कीले सम्पादन गरेको गीतको भिडियो प्रदीप अधिकारी युट्युब च्यानलमार्फत शुक्रबार सार्वजानिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्