ललितपुर महानगरमा फुटपाथ अतिक्रण गर्न रोक



न्युज अफ नेपाल, ललितपुर ।
ललितपुर महानगरपालिकाले कुपण्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटीको महायान पेट्रोल पम्पसम्मकोे फुटपाथमा व्यापार – व्यवसाय गर्न, सवारी साधन पार्क गर्न आजबाट निषेध गरेको छ । फुटपाथमा तरकारी व्यवसाय गर्न, निर्माण सामग्री थुपार्न, सवारीसाधन पार्क गर्न, वर्कसपको काम गर्न पाइने छैन ।

ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले सहरलाई सुन्दर र व्यवस्थित बनाउन फुटपाथ अतिक्रमणलाई रोकेको बताए ।
उनले भने- ‘पहिलो चरण अन्तर्गत यो क्षेत्र तोकेका छौं , चरणबद्ध रुपमा फुटपाथ व्यवस्थित बनाउने छौं ।’ फुटपाथ पैदल यात्रुको लागि छुट्याएको ठाउँ भएकाले पैदलयात्रुको सहजतालाई ध्यान दिएर उक्त निर्णय गरेको बताए ।

महानगरको निर्देशनलाई अवज्ञा गरी फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्