डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, सरकारको व्यवास्ता



न्युज अफ नेपाल, काठमाडौँ ।

चिकित्सा शिक्षाको सुधारका लागि विगत १३ दिन देखि १९ औं पटकको आमरण अनसनमा रहनुभएका डा.गोविन्द केसी यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसियूमा हुनुहुन्छ ।

डा.केसीको उपचारमा खटिनुभएका टीमका संयोजक प्रो.डा. सुवास प्रसाद आचार्यले दिनुभएको जानकारी अनुसार डा.केसी ४ दिन देखि त्रिवि शिक्षण अस्पतालको आईसियुमा हुनुहुन्छ । उहाँको छाती दुख्ने,बसल बाउडिने, रक्तचाप, मुटुको चाल कम हुनुका साथै उहाँलाई बोल्न समेत गाह्रो भएको छ ।

डा.केसीको अनसन कर्णाली प्रदेशदेखि शुरु भै काठमाडौ सम्म पुग्दाको यात्रा धेरै भएको र यतिबेला कोभिड १९ को संक्रमण बढेको समय भएकोले उहाँको पनि थ्रोट स्वाब संकलन गरि ल्यबामा पठाईएको छ । शनिवार साँझ सम्म रिपोर्ट आईनसकेको डा. आचार्यले बताउँनुभयो ।

उहाँलाई अहिले नर्मल सलायन दिइएको छ । तर उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर बन्दै गएको रगत परिक्षण लगायतका परिक्षणबाट देखिएको पनि डा.आचार्यले जारी गर्नुभएको अस्पताल रिपोर्टमा उल्लेख गरिएको छ ।

उहाँको जीवन बचाएर देश र जनताको चाहना अनुरुपको चिकित्सा शिक्षाको सुधारमा लड्दै आउँनुभएको बिषयमा विभिन्न राजनैतिक दल, संघसंस्था, विज्ञ चिकित्सकहरु, विद्यार्थी, बिरामी, बुद्धिजीविहरुले सरकार समक्ष माग पुरा गर्न जोड दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्