कोरोना संक्रमणमुक्त हुने दर बढ्दै



शिक्षा पन्त, लमजुङ  ।

लमजुङमा कोरोना संक्रमणमुक्त हुने दर बढेको छ । शनिबार ९ जना र शुक्रबार एकैदिन ३० जना कोरोना संक्रमणमुक्त भएसंगै कोरोनामुक्त हुनेको संख्या २ सय ७१ पुगेको हो । महिला ५१ र पुरुष २ सय २० जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

कुल संक्रमित ३ सय ५४ मध्ये हाल आइसोलेनसमा २५ महिला र ५८ पुरुष गरी ८३ जना रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ ।

पहिलो पटक कोरोना संक्रमण परीक्षण गर्दा पोजेटिभ आएकाहरुको दोस्रो पटक १० दिन पछाडि जाँच गर्दा पिसिआर रिर्पोट नेगेटिभ आई कोरोना संक्रमणमुक्त भएकालाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको भनाई छ ।

शनिबार कोरोनामुक्त हुनेमा शहरी विकास कार्यालय भवन सहजीको आइसोलेसनमा रहेका ३२ वर्षीय पुरुष,लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका ७० वर्षीय पुरुष र अस्पतालकैे आइसोलेसनमा रहेका २६,२९,३७,२१,३७,४९ र २३ वर्षीय महिला रहेका छन् ।

त्यस्तै शुक्रबार कोरोनामुक्त हुनेमा नेपाली सेनाको आइसोलेसनमा रहेका ४१ बर्षीय, ३९ बर्षीय, ३६ बर्षीय, ३७ बर्षीय, ३८ बर्षीय, ३९ बर्षीय, ३६ बर्षीय र ३७ बर्षीय पुरुष छन् ।

लमजुङ कृषि क्याम्पस सुन्दरबजारको आइसोलेसनमा रहेका २३ बर्षीय, ४८ बर्षीय, ३० बर्षीय, ३९ बर्षीय, ४१ बर्षीय, ४४ बर्षीय, ४३ बर्षीय, ५२ बर्षीय, ५१ बर्षीय, २५ बर्षीय, २६ बर्षीय, २० बर्षीय, ३१ बर्षीय, ३४ बर्षीय, २४ बर्षीय, २२ बर्षीय र २७ बर्षीय पुरुष छन् ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका ४५ बर्षीय पुरुष, ५९ बर्षीया महिला, १३ बर्षीया बालिका, २७ बर्षीया महिला छन् । शहरी विकास कार्यालय भवन सहजीमा १९ बर्षीय पुरुष कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्