सैनिक विमान दुर्घटनाः २२ को मृत्यु



In this photo released by Kharkiv Regional State Administration, wreckage of an AN-26 military plane seen after it crashed in the town of Chuguyiv close to Kharkiv, Ukraine, late Friday, Sept. 25, 2020. A Ukrainian military plane carrying students at an aviation school crashed and burst into flames while landing, killing more than twenty people. Two other people on board were seriously injured and four people were missing. (Kharkiv Regional State Administration via AP)

किभ,(एजेन्सी) ।

युक्रेनमा भएको एक सैनिक विमान दुर्घटनामा कम्तिमा बाइस जनाको ज्यान गएको छ । मारिने मध्ये अधिकाश वायु सैनिक भएको सुरक्षा श्रोतले पुष्टि गरेको छ । अवतरणको क्रममा पुर्वी शहर खार्किभ नजिक एन्टोनोभ –२६ विमान दुर्घटनाग्रस्त भएको हो ।

सो विमान खार्किभ एयर फोर्स युनिभर्सिटीका क्याडेटहरुलाई बोकेर नियमित तालिम उडानमा निस्केको थियो । आपतकालिन मन्त्रालयले त्यसमा कूल सत्ताइस व्यक्ति सवार रहेको जनाएको छ । दुई व्यक्तिको अवस्था निकै चिन्ताजनक रहेको तथा हराइ रहेका तीनजनाको खोजि कार्य जारी रहेको बताइएको छ । दुर्घटनाको कारण पत्ता लगाउने कोशिस भइरहेको छ ।

आपतकालिन मन्त्रालयका अधिकारीहरुले चुहुइभ शहर स्थित सैनिक विमानस्थल देखि करिव दुई किलोमिटर टाढा सो विमान दुर्घटनाग्रस्त भएर खसेको हो । यो दुर्घटना पुर्वी युक्रनेको द्वन्द्वसंग सम्बन्धित रहेको वा नरहेको भन्ने स्पष्ट हुन सकेको छैन ।

चुहुइभ युक्रेनी सरकारी फोज रुस समर्थित पृथकतावादीहरु विरुद्ध लडिरहेको अग्र मोर्चाभन्दा करि एक सय किलो मिटरको दूरीमा रहेको छ । दुर्घटना स्थल वरपर लागेको आगो नियन्त्रणमा लिइसकेको छ । शनिवार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेम्सकी सो क्षेत्रमा पुग्ने कार्यक्रम रहेको छ ।

प्रारम्भिक सुचनालाई उदरित गर्दै खार्किभ क्षेत्रिय गवर्नर ओलेक्सि कुचरले विमानका एकजना पायलटले दुर्घटना हुनु केहि समय अघि एउटा इन्जिनले काम गर्न छाडेको बताएको जनाएका छन् । इन्टरफ्याक्स – युक्रेन समाचार निकायका अनुसार एकजना प्रत्यक्षदर्शीले जिउभरि आगो लागेका एक व्यक्ति भग्नावशेषबाट उठेर भागेको कुरा रोयटर्सलाई बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्