तिनाउ खोलाले बगाएर एक महिला र नहरमा डुवेर एक पुरुषको मृत्यु



यमलाल भुसाल, बुटवल ।

अबिरल बर्षासँगै तिनाउ नदीमा आएको बाढीले बगाएर बुटवलमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राई रहेकी छन् ।

शुक्रबार राति ९ बजे घरबाट हिँडेकी राईको बुटवल १५, चंकीपुर स्थित दानव नदीमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच गत असोज ७ गतेदेखि बेपत्ता भएका रुपन्देहीको तिलोत्तमा–२ का २९ वर्षीय राजेन्द्र पौडेल मृत अवस्थामा फेला परेका छन् ।

लु ५५ प ३०२१ नम्बर मो.सा लिई घर बाट हिडेकोमा उनको तिलोत्तमा २ स्थित तपाहा नहरमा शनिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।हेल्मेटसहित नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

अबिरल बर्षा को कारण जङगलबाट आएको बाढीले बुटवल उप महानगरपालिका ४ लक्ष्मिनगर बस्ने भुमिकला सुबेदिको घर अगाडि रहेको ५ बटा बाख्रा, दिपक बलामिको लु १० प ९३९ मोटरसाइकल र लु ३१ प ८७१० नम्बरको स्कुटि र इन्द्र ब कार्किको ११ ओटा कुखुरा सहितको खोर बगाएको प्रहरीले जनाएको छ ।

वर्षाले बुटवल उप महानगरपालिका १७ रानीगन्ज स्थित तिनाउ खोलाको किनारमा रहेका उमेश हरीजनको ब्लक र जस्ता ले बनाएको घर र पुरुषोत्तम पुरीको पनि सोही प्रकृतिको घर बगाएको प्रहरीले जनाएको छ ।

तिलोत्तमा नगरपालीका वडा नं.११ गणेशनगर स्थित सुखैरा खोलाको पानीको बहाव बढेर धन बहादुर सार्कीको बुङगुरको खोर बगाएको, रघुबिर दमाईको र मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलिया स्थित बलिराम हरीजन को एक तले खरले छाएको कच्ची घर अबिरल बर्षाका कारण भत्किन जाँदा निजकी श्रीमती बर्ष २६ कि कुसुम हरीजनलाई दाहिने खुट्टामा चोट लाग्दा खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्