सैनिक विमान दुर्घटना, २२ को मृत्यु



किभ, (एजेन्सी) ।

युक्रेनमा भएको एक सैनिक विमान दुर्घटनामा कम्तिमा बाइसजनाको ज्यान गएको छ । मारिने मध्ये अधिकाश वायु सैनिक भएको सुरक्षा श्रोतले पुष्टि गरेको छ । अवतरणको क्रममा पुर्वी शहर खार्किभ नजिक एन्टोनोभ –२६ विमान दुर्घटनाग्रस्त भएको हो ।

सो विमान खार्किभ एयर फोर्स युनिभर्सिटीका क्याडेटहरुलाई बोकेर नियमित तालिम उाडानमा निस्केको थियो । आपतकालिन मन्त्रालयले त्यसमा कूल सत्ताइस व्यक्ति सवार रहेको जनाएको छ । दुई व्यक्तिको अवस्था निकै चिन्ताजनक रहेको तथा हराइ रहेका तीन्जनाको खोजि कार्य जारी रहेको बताइएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउने कोशिस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्