गुल्मी अस्पतालका आकस्मिक सेवा वाहेक अन्य बन्द



गुल्मी ।

गुल्मी अस्पताल तम्घासको आकस्मिक सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यलाई कोरोना पुष्टि भएपछि अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको हो ।

कोभिड १९ डायग्नोष्टिक ल्याब्रोटोरी तम्घासमा गरिएको स्वाँव परीक्षणको क्रममा डा।पाच्य सहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । बिहीबार कन्ट्रयाक्ट ट्रेसिङका आधारमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्मा सहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका सम्पूर्ण स्वास्थ्यकर्मी गरी १ सय १२ जनाको स्वाँब सङ्कलन गरिएको छ ।

पहिलो पटक ३६ जनाको स्वाँव परीक्षण गर्दा १६ जनामा कोरोना रिपोट पोजेटिभ देखिएको जनाइएको छ । आज मुसिकोट नगरपालिकाका ६७ जनामा गरिएको स्वाँव परीक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ६ जनाको र्‍यापिड टेष्टमा राखिएको र त्यस बाहेक अन्य सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्