बलिउड ड्रग्स प्रकरण : एनसीबीले आज अभिनेत्री दीपिका पादुकोणसँग सोधपुछ गर्ने



एजेन्सी ।

बलिउड ड्रग्स प्रकरणमा एनसीबीले आज अभिनेत्री दीपिका पादुकोणसँग सोधपुछ गर्ने भएको छ ।

ड्रग्स प्रकरणमा दीपिका लगाएत बलिउडका २५ कलाकारको नाम जोडिएको छ । जसमध्ये धेरै जसोको नाम बाहिर आएको छैन । यस्तै, नाम बाहिरिएका मध्ये रकुल प्रीत सिंहलगाएतका केही कलाकारले आफ्नो बयान दिइसकेका छन् ।

सोधपुछका लागि दीपिका बिहीवार राति गोवाबाट मुम्बई आइपुगेको भारतीय सञ्चारमाध्यमल जनाएका छन् । उनका साथमा पति तथा अभिनेता रणवीर सिंह समेत मुम्बई आएका छन् ।

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बाहिरिएको ड्रग्स प्रकरणमा सुशान्तकी प्रेमीका रिया चक्रवर्ती समेत मुछिएकी छन् । रियाबाटै ड्रग्सको विषयमा थप रहस्य बाहिर आएको हो । रिया चक्रवर्ती हाल न्यायीक हिरासतमा छिन् ।

शुक्रबार सोधपुछका लागि एनसीबी कार्यालय पुुगेकी रकुलले रियासँगको ड्रग्स च्याट स्विकार गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्