बुटवल कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु



बुटवल ।

यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको आज अपराह्न मृत्यु भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर आज नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको ३।४५ बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको जानकारी दिनुभयो । उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ । यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्