कोभिड १९ जिल्ला समिति विस्तार



घनश्याम बगाले, नवलपरासी ।

नेपाली काग्रेस पूर्वी नवलपरासले जिल्लामा कोभिड १९ अनुगमन जिल्ला कार्य समिति विस्तार गरेको छ । नेपाली काग्रेस कोभिड १९ अनुगमन केन्द्रिय समितिले यस अघि जिल्लाका समाजसेवी युवा सुरज गुरुड.लाई संयोजकमा मनोनयन गरेको थियो ।

संयोजक सुरज गुरुड.कै अध्यक्षतामा शुक्रबार सदरमुकाम कावासोती स्थित विपी भवनमा पत्रकार सम्मेलन गरी जिल्ला कार्य समिति विस्तार गरिएको जानकारी दिईएको हो ।

विस्तारित जिल्ला कार्य समितिका सदस्यहरुमा करुणा सागर सुबेदी, नारायण शर्मा, शारदा विश्वकर्मा, लक्ष्मी बस्ताकोटी, माया महतो, र रामचन्द्र भण्डारी रहनु भएको छ ।

यसै गरी अशोक श्रेष्ठ, गणेश न्यौपाने, भरत पोखरेल सदस्य तथा सदस्य सचिवमा रमेश बस्ताकोटी रहनु भएको संयोजक गुरुड.ले बताउनु भयो ।

काग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद विष्णु प्रसाद लामिछानेको बिशेष उपस्थितीमा कोभिड १९ अनुगमन जिल्ला समिति विस्तारको जानकारी दिईएको थियो ।

अनुगमन समितिले जिल्लाको पहाड तथा भित्री मधेश र तराईलाई समेटेर हरेक स्थानीय तहमा काम गर्ने गरी संयोजक तथा उप संयोजक पनि तोकेको छ ।

समितिले जिल्लामा कोभिड १९ संक्रमणको स्थिती, परीक्षणको अवस्थाका बारेमा अनुगमन गर्ने, जिल्लामा संचालित क्वारेन्टाईन, आईसोलेशनको मापदण्ड र सुविधाका बारेमा जानकारी लिई सहयोगात्मक भूभिका खेल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्