कोरोना चिर्दै पोखरा जेसिज सामाजिक कार्यमा



न्युज अफ नेपाल, पोखरा ।

विश्व अहिले कोरोना भाइरसको महामारीबाट गुज्रीरहको छ । कोरोना महामारीकै कारण अझै पुर्ण रुपमा खोलिसकेको छैन । तर पोखरा जेसिजले कोरोना महामारीलाई चिर्दै साप्ताहिक सामाजिक कार्य गर्न लागेको छ । सामाजिक कार्यमा तल्लिन पोखरा जेसीजले आमामी असोज ११ गते देखि ‘जेसिज सप्ताह–२०२०’ कार्यक्रम गर्ने भएको छ ।

असल समाजका लागि युवा नेतृत्व भन्ने मुल मन्त्रका साथ अघि बढ्दै पोखरा जेसिजले विभिन्न विषय मुलक सामाजिक कार्य गर्ने तयारी गरेको छ । विश्व कोरोना महामारीको चपेटामा परेको स्थितिमा समेत जेसीजले समाजमा सकरात्मक सुचना सम्प्रेषण गर्नका निम्ति साप्ताहिका कार्यक्रमको आयोजना गर्न लागेको हो ।

सो कार्यक्रम असोज ११ गते आइतवार देखि १७ गते शनिवार सम्म विभिन्न कार्यक्रम सहित मनाउन लागको हो । कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरीएको छ ।यस्तै पोखरामहानगमा उद्धार गरिएका बालबालिकालाई लक्षित गर्दै अन्नपुर्ण गाउँपालिका लेवाडेमा स्वास्थ्य तथा शैक्षिक सामग्री हस्तान्तरण गरिने छ । त्यसतै विधार्थीलाई लक्षित गर्दै कोरोना भाइरस सचेतना तथा सुरक्षा सामग्री हस्तान्तरण । महिला लक्षित गर्दै महिला स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड बनाउने तालिम त्यसतै खाध सामाग्री तथा युवा लक्षित कार्यक्रम गर्न लागेको हो शुक्रवार भर्चुअल मार्फत पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक मिनराज खड्काले जानकारी दिए ।

विभिन्न संघ संस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजन ागर्न लागेको खड्काले बताए । जेसिजले आफ्नो बार्षिक कार्ययोजनालाई निरन्तरता दिदैँ साप्ताहिक कार्यक्रम गर्न लागेको उनको भनाई रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रतिकुल अवस्थामा समेत सामाजिक कार्यलाई आत्मसाथ गर्नु सरानिय कार्य रहेको बताए । ‘कोरोना महामारीले ग्रसित समयमा समेत यस्ता किसिमको कार्य गर्दा सकरात्मक पक्ष हो । हामि रोग संग डराउने होइन लड्ने हो’ श्रेष्ठले भने ।

कार्यक्रमको सफलताको शुभकामना दिर्दै माक्स तथा स्वास्थ्य मापदण्डको समेत पालना गर्न आग्रह गरे । त्यसतै जेसिज २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाले वर्षभरकै उत्कृष्ट कार्य भएकाले कार्यक्रमलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे । जेसिजले स्थापनाकाल देखिनै समाज विकासका विभिन्न कार्यहरु गर्दै आइरहेको उनले बताए ।

सम्मेलनमा मोहन अधिकारी, सन्तोष शाहि लगायतले आफ्नो भनाइ राखेका थिए भने संचालन अनन्त प्रधानङ्गले गरेका थिए । सन् १९७५ मा स्थापित पोखरा जेसिजले आफ्नो स्थापनाकाल देखिनै युवा वर्गलाई लक्षित गर्दै विभिन्न प्रशिक्षण,अभ्यास तथा सामाजिक कार्यहरु गर्दै आइरहेको छ । युवा वर्गलाई सकरात्मक सोचको विकास संगै युवाहरुमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन अवसर सृर्जना गरी छुट्टै पहिचान स्थापित गराउन सफल भएको छ । कोरोना संक्रमणको समयमा रगतको अभाव हुन नदिनु, जनचेतना फैलाउनु तथा युवा वर्गको उत्तरदायित्व बुझाउने कार्यक्रमको उदेश्य रहेको छ ।

सप्ताहव्यापी कार्यक्रमका संयोजकमा मोहन प्रसाद अधिकारी, सुदिप सापकोटा, कपिल पौडेल, विनु श्रेष्ठ,पवित्रा अधिकारी, विनोद भुजेल, सन्तोष भण्डारी, सन्देश पराजुली र जिवन अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्