प्लाष्टिकमा पोको पारेको फालेको अवस्थामा नवजात शिशुको शव भेटियो



न्युज अफ नेपाल, सुर्खेत ।

वीरेन्द्रनगरस्थित खोर्के खोलामा नवजात शिशुको शव भेटिएको छ ।

शुक्रबार खोलामा खेल्न गएका बालबालिकाले शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । उक्त शिशलाई जन्मिदा बित्तिकै फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शिशु प्लाष्टिकको पोका बेरेर फलेको अवस्थामा भेटिएको थियो । शिशुको शवलाई पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएएको छ ।

शिशु कसले फालेको हो भन्नेबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्