सडक मर्मत गर्न जुटे ट्याक्टर व्यवसायी



रामधन राई, खोटाङ ।

खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रका सडक मर्मत गर्न स्थानीय ट्याक्टर व्यवसायीहरु जुटेका छन् । अविरल वर्षाका कारण बनेको खाल्डाखुल्डी पुर्ने लगायतका मर्मत कार्यमा गाउँपालिकाभित्र रहेका ट्याक्टर व्यवसायीहरु जुटेका हुन् ।

गाउँपालिकाको समन्वयमा पालिकाभित्रका २१ व्यवसायीले सडक मर्मतका लागि निःशुल्क ट्याक्टर उपलव्ध गराई मर्मत कार्यमा खटिने निर्णय गरी विहिवारदेखि सडक मर्मतमा जुटिरहेका छन् । भुपेन्द्र राईको अध्यक्षतामा वसेको ट्याक्टर व्यवसायीसँगको छलफलपछि पञ्चमीबजार नजिकबाट ढुंगा रोडा हालेर खाल्डाखुल्डी भर्ने काम सुरु भएको गाउँपालिकाले जनाएको छ । ट्याक्टरले तीन/तीन दिन निःशुल्क सहयोग गर्ने निर्णय भएको थियो ।

गाउँपालिकाले ट्याक्टर व्यवसायीको सहयोगमा रमाइलो–छितापोखरी, तावाखोला–टुवाखोला, साप्सु–याम्खा, रेग्मीटार–पञ्चमीबजार ग्रामिण सडकको खाल्डाखुल्डीमा ढुंगा रोडा भर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्