किमको दुर्लभ क्षमायाचना पत्र



सोेल,(एजेन्सी)

उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले शुक्रवार एउटा दुर्लभ क्षमायाचना विज्ञप्ति जारी गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपतिय कार्यालय ब्ल्यु हाउसका अनुसार उनले आफ्ना फौजबाट एकजना दक्षिणी कोरियाली सरकारी अधिकारीहरुको गोली हानी भएको हत्या प्रति क्षमयाचना गरेको पुष्टि गरेको छ ।

सो विज्ञप्तिमा किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मून – जाय इनलाई त्यो अप्रिय घटना नहुनु पर्ने भावना अभिव्यक्त गरेका छन् ।
दक्षिण कोरियाले नाम नखुलाईका ति ४७ वर्षिय अधिकारीलाई उत्तरका फौजले आफ्नो जलिय क्षेत्रमा तैरिरहेको अवस्थामाा भेटाएको दावी गरेको छ ।

सोलका अनुसार गोली हानेर हत्या गरेपछि उनको शव जलाइएको थियो । योन्हाप समाचार निकायका अनुसार यस घटनाबाट आफु अत्यन्तै दुखित भएको किमले मूनलाई पठाइएको पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्