पहिरोले बस बगायाे, १ को मृत्यु, ६ घाईते



घनश्याम बगाले नवलपरासी

पूर्व पश्चिम राजमार्ग स्थित पूर्वी नवलपरासीको दाउन्ने पहाडमा पहिरोले बस पल्टदा १ जनाको मृत्यु हुनुका साथै ६ यात्रु घाईते भएकाछन् ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठविसकोट १० का २५ वर्षीय हरिशचन्द्र केसी रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।
घाईते हुनेमा सल्यान श्रीनगरकी २७ वर्षीया प्रतिभा खड्का, सोही ठाउका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी रहेकाछन् ।

यसै गरी सिमखर्क ७ का ३५ वर्षीय लोक बहादुर बस्नेत, रुकुम मुसिकोट १ का ३० वर्षीय रमेश खड्का र बाफिकोट ४ की २७ वर्षीया शिवा पुन रहेको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी २ विश्वकर्मा मन्दिर नजिक सडक माथिबाट आएको पहिरोले सडकमा रहेको बसलाई पल्टाउदै करिव ३० फिट तल झारेको थियो ।

पहिरोले झारेको बसका १८ यात्रुलाई प्रहरी र स्थानीयले उद्धार गरी घाईते ७ जनालाई उपचारार्थ भरतपुर पठाएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।

प्रहरीले घाईते ७ जनालाई एम्बुलेन्समा हालेर चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाएकोमा उपचारको क्रममा राती पौने ९ बजे घाईते केसीको मृत्यु भएको हो ।

विहिबार बेलुका पूर्वबाट पश्चिम जादै गरेको ना ५ ख ७९४० नम्वरको बस सडक माथिबाट खसेको पहिरोको चपेटामा परेर सडकबाट पल्टेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण विहान देखिनै दाउन्ने पहाडको विभिन्न ५ स्थानमा पहिरो जादा सडक संचालनमा असहजता आएको थियो ।

प्रतिक्रिया दिनुहोस्