आइफिल टावरमा बम राखेको चेतावनी



पेरिस, (एजेन्सी)

फ्रान्सको विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य आइफिल टावरमा बुधबार बम राखेको चेतावनी आएपछि बन्द गरिएको छ। प्रहरीलाई एक अज्ञात व्यक्तिले फोनमा त्यहाँ बम राखिएको दाबी गरेका थिए। त्यसलगत्तै प्रहरी सक्रिय भएको र तत्काल त्यस क्षेत्रलाई बन्द गराइएको थियो। त्यसपछि टावरमा पुगेका प्रहरीले उक्त इलाका खाली गराइ र खोजीकार्य थालेका थिए।

स्थानीय पत्रकार अमाउरीबुक्कोले उक्त कारबाहीका तस्बिर शेयर गरेका थिए र एक व्यक्ति त्यहाँ आएर अल्लाह हु अकबर
भन्दै चिच्याएको बताए। ती व्यक्तिले नै सबै उडाइदिने धम्की पनि दिएको समाचारमा दाबी गरिएको छ। यद्यपि, प्रहरीले यसको पुष्टि भने गरेको छैन र उनीहरू आफैले त्यस्तो केही नदेखेको बताए। कोरोना भाइरसका बाबजुद हजारौं पर्यटक यहाँ घुम्न आउने गरेको र उनीहरूलाई टाढा रहन भनिएको बताइएको छ।

सन् २०१५ मा फ्रान्सको अखबार सार्ली हेब्डोमा भएको आतंकवादी हमलाको मुद्दामा हालै मात्र सुनवाइ शुरू भएको थियो। यस सन्दर्भमा उक्त अखबारले फेरि पनि विवादास्पद कार्टुन छापेको थियो जसलाई लिएर असन्तुष्ट भएका इस्लामिक समूहले अखबारको कार्यालयमा आक्रमण गरेका थिए। उक्त घटनालाई लिएर अल कायदाले यदि अखबारलाई सन् २०१५ को हमला नै अन्तिम हो भन्ने लागेको भए त्यो उसको भुल हुने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्