बैंक र होटल व्यवसायी महासंघबीच सम्झौता



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । सम्झौताअनुसार
महासंघसँंग आबद्ध देशभरका होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरल बैकिङ कारोबारको पहँुंचभित्र ल्याउने समझदारी भएको छ ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्