कमल खत्रीको पानी पिउने बहाना



गायक कमल खत्रीले नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। सधैंझंै यसपटक पनि उनले आफ्नो गीतमा आफंैले संगीत दिएका छन्।

पानी पिउने बहाना बोलको गीतमा शब्द रचना सुमन योञ्जनको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङको रहेको छ। गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ।

कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतिमा तयार भएको गीतको म्युजिक भिडियोमा मोडल तथा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री र अभिनेत्री रियाशा दाहालले अभिनय गरेका छन्। भिडियोमा कलाकारहरूलाई निकै आकर्षक शैलीमा अभिनय तथा नृत्य गराइएको छ।

नीतीन चन्दद्वारा सम्पादित तथा निर्देशित म्युजिक भिडियोमा कोरियोग्राफी विशाल महराको छ। भिडियोको छायांकन रूपेश थापाले गरेका छन्। भिडियो गायक खत्रीकै युट्युब च्यानलबाट अपलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्