भिडियोमा दिलको राजधानी



फिल्म त त्यस्तै हो, हिजोआज म्युजिक भिडियोचाहिँ धमाधम रिलिज हुन थालेका छन्। फिल्म निर्माण कार्य ठप्प भएपछि फिल्मका कलाकारहरू पनि म्युजिक भिडियोतिरै लागेका छन्।

यसै क्रममा नायिका शिल्पा पोखरेल र मोडल दुर्गेश थापा अभिनित दिलको राजधानी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा राजेश बर्देवाको एरेन्ज र संगीत, कृष्ण कँडेलको शब्द, बिन्दु परियार र विक्रम परियारको स्वर सुन्न रहेको छ। विक्रम चौहानको निर्देशनमा निर्मित म्युजिक भिडियोमा रवीन्द्र तितुंग लामाको समेत अभिनय रहेको छ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्कर्माको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्