राष्ट्रकविको गीत नयाँ भर्सनमा



राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेले ५३ वर्षअघि कोरेको उनको प्रीति बोलको गीत पुनः निर्माण गरिएको छ।
२०६० सालमा नारायण रायमाझीले संगीत भरेर पहिलोपटक रेकर्ड गरिएको गीतलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गबास भएको २७ दिनपछि उनकै सम्झनामा केही फरक शैलीमा बजारमा ल्याएका हुन्।

राष्ट्रकवि घिमिरेको गत भदौ २ गते १ सय १ वर्षको उमेरमा निधन भएको थियो। गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई सोधेका थिए रे ‘प्रेम गरिन्छ कि हुन्छ?’ रायमाझीले हुन्छ भन्ने जवाफ दिएपछि राष्ट्रकविले भनेका रहेछन् ‘संगीतमा तपाईंले दिने लोकधुन मलाई विशेष लाग्छ।

त्यसैले यो गीत तपाईंलाई दिँदै छु।’ पहिलोपटक २०६० सालमा जगदीश समाल र सपनाश्रीले गाएको यो गीत अहिले भने नेपाल आइडलबाट उदाएका नवगायक प्रवीण वेडवाल र रचना रिमालले गाएका छन्। रीमा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोको छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन बीबी अनुरागीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्