सडक दुर्घटनामा २५ बालबालिकाको मृत्यु



आवुजा,(एजेन्सी)

नाइजेरियाको मध्य भागमा अवस्थित शहर लोकोजामा पेट्रोल ढुवानी गर्ने एउटा लोरी विस्फोट हुदा प्राथमिक बिद्यालयका बालबालिका लगायत कम्तिमा पचिस व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ ।

कोगी शहरका प्रहरीले लोरी ड्राइभरले एक्कासी नियन्त्रण गुमाउदा व्यस्त प्रमुख राजमार्गमा लोरी विपरित दिशाबाट आइरहेका अन्य सवारी साधनहरुसंग ठोकिएको बताएका छन् । यसरी बैक फेल भएको लोरी अन्य सवारी साधनसंग ठोकिएपछि कोगी स्टेट पोलिटेक्निकमा विस्फोट भएको बताइएको छ ।

पोलिटेक्निकका केहि बित्तदार्थी लगायत दुर्घटनामा जलेका अन्य व्यक्तिहरु चिन्नै नसकिने अवस्थामा रहेको बताइएको छ । नाइजेरियामा वारम्वार पेट्रोल बोक्ने लोरीहरु दुर्घटनामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्