एघार सदस्य जिल्ला मानव अधिकार रक्षक सञ्जाल गठन



बझाङ । बझाङ जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुको सहभागितामा जिल्लामा एक मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । अधिकारकर्मीको औपचारिक बैठक बसी आज दलित अधिकारकर्मी भीम रसाइलीको संयोजगत्वमा ११ सदस्य समिति गठन भएको छ ।

समितिका अन्य सदस्यमा गीता शाही, सीता सिंह, टेकेन्द्र बोहोरा, आशिष सिंह, अधिवक्ता शिवराज जोशी रहनुभएको छ । साथै समितिमा पत्रकार रिदम सिंह, अञ्जु खड्का, सत्यराज सिंह, प्रताप आलीसहित इन्सेक प्रतिनिधि रमेश केसी पनि समितिमा रहनुभएको छ ।

सञ्जालको सल्लाहकार समितिमा पत्रकार वसन्तप्रताप सिंह, जगदीश रोकायासहित नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंह, अधिवक्ता बार एसोसियसनका अध्यक्ष महोन दौल्याल र दलित अगुवा श्याम सुनार पनि सल्लाहकार समितिमा रहेको संयोजक रसाइलीले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका श्याम सुनारले बझाङ जिल्लामा मात्रै नभएर १२ वटै स्थानीय तहमा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुपर्ने र मानव अधिकारका क्षेत्रमा सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।

पत्रकार महासङ्घ जिल्ला अध्यक्ष रोकायाले मानव अधिकार हनन् भइरहँदा पनि व्यक्तिहरुले मानव अधिकारका लागि त्यति आवाजहरु नउठाउने गरेको र आगामी दिनमा आ–आफ्नो क्षेत्रबाट पैरवी गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्