लकडाउन र कोरोना महामारीका बेला महिला हिंसाका घटनामा वृद्धि



न्युज अफ नेपाल, काठमाडौ ।

ओरेकले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाहरुलाई अभिलेखिकरण तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्दै आएको छ । भदौ महिनामा पनि ओरेकले १ सय ६५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क

(मनोपरामर्शकर्ता र हटलाईन मार्फत–१ सय ३०, तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त–३५) अभिलेखिकरण गरेको छ ।
हिंसाको प्रकार

क) महिला हिंसाको प्रकार

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा भाद्र महिनामा ८९ वटा (५४ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी ४२ वटा (२५ प्रतिशत) बलात्कारको तथ्याँक संकलन भएको छ जसमध्ये ३२ वटा बलात्कार र १० वटा सामुहिक बलात्कारको घटना भएको पाइएको छ । त्यसै गरी १६ वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ६ वटा (४ प्रतिशत) हत्याको घटना, ४ वटा (२ प्रतिशत) यौन दुव्र्यवहारको घटना भएको पाइएको छ । यसैगरि ४ वटा (२ प्रतिशत) मानव बेचविखन जस्तो जघन्य अपराधको घटना भएको छ भने २ वटा (१ प्रतिशत) हत्या प्रयास, १ वटा (१ प्रतिशत) आत्महत्याको घटना र १ जना किशोरीमाथि विद्युतिय माध्यमबाट फेक आइडी बनाई मानसिक हिंसा भएकोे तथ्याँक संकलन भएको छ ।

ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण

त्यसैगरी उमेरको आधारमा विश्लेषण गर्दा भदौ महिनामा सबैभन्दा धेरै ५८ जना (३५ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसैगरी ४४ जना (२७ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् । त्यसपश्चात ३२ जना (१९ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, २५ जना (१५ प्रतिशित) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, ४ जना (२ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका महिलाहरु र २ जना (१ प्रतिशत) ५६ वर्ष भन्दा माथिका उमेर समुहका प्रभावित रहेका छन् ।

ग) प्रभावितको पीडकसँगको सम्बन्ध

साथै प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ७१ वटा (४३ प्रतिशत) हिंसा श्रीमान्बाट भएको छ, भने ३८ वटा (२३ प्रतिशत) परिवारका सदस्यवाट भएको छ, २१ वटा (१३ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ । त्यसै गरी १६ वटा (१० प्रतिशत) अन्य विभिन्न किसिमका व्यक्तिबाट, ८ वटा (५ प्रतिशत) प्रेमीबाट, ५ वटा (३ प्रतिशत) सेवा प्रदायकबाट, ३ वटा (२ प्रतिशत) साथीबाट, २ वटा (१ प्रतिशत) शिक्षकबाट र १ वटा (१ प्रतिशत) अविवाहित तर सँगै बसेको व्यक्तिबाट हिंसा भएको पाईएको छ ।

घ) आरोपित र उमेर

यस्तै, हिंसामा संलग्न पीडकहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समुहका ४५ जना (२६ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ४३ जना (२५ प्रतिशत) २६ देखि ३५ बर्ष उमेर समुहका, २८ जना (१६ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समुहका युवाहरु रहेका छन् र २० जना (१२ प्रतिशत) उमेर समुह थाहा नभएका पुरुषहरु, १९ जना (११ प्रतिशत) ४६ दखि ५५ वर्ष उमेर समुहका पुरुषहरु साथै ८ जना (५ प्रतिशत) ५६ वर्ष भन्दा माथिका उमेर समुहका पुरुषहरु र ७ वटा (४ प्रतिशत) १६ वर्ष भन्दा कम उमेर समुहका युवाहरु हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

ओरेकले निकालेको निश्कर्षमाःः

महिला तथा किशोरीमाथि निरन्तर भइरहेको लैङ्गिक विभेदमा आधारित हिंसाका यी तथ्यांकहरुले सुरक्षित र हिंसारहित वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार सुनिश्चितता नभएको देखाउँछ । महिलामाथि हुने हिंसाको अन्त्यका लागि विभेद र हिंसालाई मलजल गर्ने सोच, दृष्टिकोण र व्यवहारमा व्यक्तिगतदेखि समुदायतहसम्म परिवर्तन गर्ने, सचेतना अभिवृद्दि गर्ने, आवश्यक सेवा तथा न्यायमा पहुँचमा अभिवृद्धि गर्दै कानुनी र नीतिगत व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन तर्फ सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्