गाउँमा इन्टरनेटकै समस्या, टोलटोलमा पुगेर पढाउँदै शिक्षक



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको कुस्मा नगरपालिका –१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक बिद्यालयले टोलटोलमा शिक्षक पठाएर बिद्यार्थीलाई पढाईरहेको छ । बिद्यालयले बिद्यार्थीलाई तीन वटा क्लष्टरमा बिभाजन गरेर शिक्षकहरुलाई टोलटोलमै पठाएको छ ।

पञ्चकोशी माध्यामिक बिद्यालय मात्रै होइन कुस्मा नगरपालिका –१२ को जनता सुर्दशन माध्यामिक बिद्यालयले पनि टोलमै पुगेर पढाएको छ ।

इन्टरनेट अभावका कारण अनलाइन कक्षा सञ्चालन गर्न नसकेपछि पर्वतका ग्रामिण क्षेत्रका अधिकाँश बिद्यालयहरुले टोल शिक्षा पढाउन थालेका छन । बिद्यालयले पठाएपछि अहिले शिक्षकहरु विद्यार्थीलाई पढाउन टोल–टोलमा पुग्न थालेका छन्। ‘इन्टरनेटको पहुँच सबै बिद्यार्थीका बिचमा नहुने भएकाले टोलटोलमै पुगेर पढाउन थालेका छौ’ पञ्चकोशी माबिका प्रअ प्रकाश सापकोटाले भन्नुभयो‘बिद्यार्थीलाई शैक्षिक क्षति हुन नदिन हाम्रो ठाउँमा यो नै सबैभन्दा उक्तम बिकल्प देखियो।’

बिद्यालयले यस अघि टोलमा पुगेर गृहकार्य दिने र १० पछि पुगेर गृहकार्य परिक्षण गरि थप गृहकार्य दिदै आएको थियो । कक्षाकोठामा सामाजिक दुरी कायम गरेर पढाउन बिद्यार्थी संख्या धेरै भएकाले कठिन छ । दशै सम्म टोलटोलमै पुगेर यही बिधीका आधारमा पठनपाठन गराउने योजना रहेको प्रअ सापकोटाले बताउनुभयो ।

सरकारले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका जारी गरेर विद्यार्थीलाई सिकाई क्रियाकलापमा संलग्न गराउने भनेको छ। निर्देशिकामा इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने कक्षासहित टोलमा पुगेर सिकाई मा सहजीकरण गर्न निर्देशन दिइएको छ। तर, पर्वतका कमै मात्र विद्यार्थी ‘भर्चुअल’ कक्षामा जोडिन सकेका छन्। धेरै विद्यार्थी सिकाई क्रियाकलापमा जोडिन नसक्दा जिल्लाका विभिन्न विद्यालयले टोल-टोलमा पुगी विद्यार्थी जम्मा पारेर पाठ्यक्रम अनुसारकै क्रियाकलापहरु जारी राखेको बताएका छन्।

सदरमुकाम कुश्मा नगरपालिका भित्रैका विद्यालयमा नेट अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ। बिद्यार्थीलाई नजिकका बिद्यालय, खाली घर, समाजघर वा घाम लाग्दा चौरमा पनि पढाउन थालिएको जनता सुर्दशन माबिका शिक्षक आनन्द रिमालले बताउनुभयो । जिल्लामा संक्रमितहरु थपिएको अवस्थामा टोल शिक्षाका लागि जाँदा विद्यार्थी र अभिभावक नै शिक्षकबाटै संक्रममण आउने हो कि भन्ने चिन्तामा रहेपनि अहिले त्यो त्रास नरहेका कारण टोल शिक्षाका माध्यमबाट गरिएका सिकाई प्रभावकारी बनेको उहाँको भनाई छ ।

ग्रामीण क्षेत्रमा मोबाइलबाट लिइने डेटा बाहेक विकल्प नरहेको र त्यो पनि राम्रोसँग नचल्ने विद्यार्थीहरुको गुनासो आएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचै बताउनुहुन्छ । ‘हाम्रोमा नेट उपलब्ध छैन। पहिलेदेखि नै शिक्षकको घर जुन ठाउँमा छ, सोही ठाउँका विद्यार्थी पढाउने र शिक्षक नरहेका टोलमा नजिक पर्ने शिक्षकलाई खटाएर पठनपठानमा सघाउने काम गरिरहेको उचैले बताउनुभयो ।

कुश्मा नगरपालिकाअन्तर्गत नगर शिक्षा शाखाका प्रमुख विष्णु तिवारीले गाउँमा संक्रमितहरु नरहेका कारण यो अवस्थामा टोल शिक्षा प्रभावकारी रहेको र कतिपय विद्यालयका शिक्षकहरुले पालो गरेर विद्यार्थीलाई विद्यालयमा बोलाउनुपर्ने भनी आफूलाई फोन गरेको भए पनि त्यसो गर्दा सरकारको आदेश उल्लघंन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्