भूकम्पपछिको पुननिर्माणका लागि भारतद्वारा १ अर्ब ५४ करोड बराबरको रकम सहयोग



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले १ अर्ब ५४ करोड बराबरको सहयोग रकम हस्तान्तरण गरेको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

प्रेस विज्ञप्ति

भारतीय राजदूतावास
काठमाडौं

नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण

यहि मिति २०७७ असोज ६ गते भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड (भारु ९६ करो) बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

२. भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

३. यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

४. भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहन्छ ।

काठमाडौं
२०७७ असोज ७

प्रतिक्रिया दिनुहोस्