अक्सफोर्डद्वारा निर्माण गरिएको कोरोना खोप परीक्षणमा रोक



न्युयोर्क (एजेन्सी) । 

कोरोना भाइरस खोपको दौडमा सबैभन्दा अगाडी रहेको अक्सफोर्ड युनिभर्सिटी र अस्ट्रजेनेकाको एजेडडी १२२२२ खोपको अमेरिकामा परीक्षण अहिले पनि रोकेकै अवस्था छ ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले एक विरामीमा देखिएको साइड इफेक्ट्सको जाँचका लागि उक्त खोपको वैश्विक परीक्षण रोकेको हो । अमेरिकाको स्वास्थ्य तथा मानव सेवा सचिव एलेक्स अजारले बुधबार यस विषयमा जानकारी दिएको हो ।

अमेरिका बाहिर भने यसको परीक्षण पुन सुरु भइसकेको तर जाँच अझै बाँकी रहेको अजारले बताए । यसले सुरक्षा प्रतिको गम्भिरता थाहा हुने उनले थपे । यसअघि अस्ट्राजेनेकाले बेलायतबाट अनुमति पाएपछि खोपको रोकिएको तेस्रो चरणको परिक्षण पुन सुरु गरेको हो ।

एमएचआरएको परीक्षण सुरक्षित रहेको बताएपछि अष्ट्राजेनेका अक्सफोर्डले बेलायतमा कोरोना भाइरसको खोपको परीक्षण पुन बहाल गरिएको कम्पनीले जानकारी दिएको थियो ।

यसबीच भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डाक्टर वीजी सोमानीले सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)लाई अक्सफोर्डको कोविड १९ खोपलाई पुन परीक्षण थाल्न अनुमति दिएको छ । यद्यपी डीसीजीआईले यसका लागि जाँचका क्रममा अतिरिक्त ध्यान दिनु पर्ने सहित अन्य सर्तहरु राखेको छ ।

खोपको तेस्रो चरणका क्रममा एक स्वयंसेवकमा ट्रान्सवर्स मायलाइटिसको अवस्था देखिएको थियो । यसमा ढाडको हड्डीमा सुनिने हुन्छ जनु इम्फेक्सनका कारण हुन सक्छ । यद्यपी अष्ट्राजेनेकाको सीइओ पास्कल सरियटले खोप छिट्टै उपलब्ध हुने अपेक्षा गरेकी छिन् । यो खोप यो बर्षको अन्त्य वा अर्को बर्षको सुरु तिर आउन सक्ने उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्